वर्षाका कारण आइपिएलको फाइनल खेल रद्द

सोमबार, जेठ १५, २०८०

काठमाडौँ–  वर्षाको कारण भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनल खेल रद्द भएको छ ।

गुजरातको अहमदाबादमा आइतबार साँझ हुनुपर्ने फाइनल खेल वर्षाका कारण रद्द भएको हो ।

नरेन्द्र मोदी क्रिकेट मैदानमा घरेलु टोली गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीचको उपाधि भिडन्त आइतबार रद्द भएसँगै आजका लागि सरेको छ ।

गुजरात साविक विजेता हो भने चेन्नाई ४ पटकको विजेता हो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्