लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

सोमबार, जेठ १५, २०८०

तुलसीपुर– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ ।  आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतबार सभामा आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनीे प्रस्ताव प्रस्तुत गरेका हुन् । 

प्रस्तुत विधेयकमाथि  सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताए । उनले स्रोत साधनको परिचालनमा मितव्ययिता एवम् प्रभावकारिता कायम गर्नेतर्फ बजेट लक्षित हुने बताए । 

साथै उनले विकासको दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता राख्ने योजना रहेको बताए । शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानी, ऊर्जा, भवन तथा सहरी विकास लगायतका क्षेत्रमा ठूला आयोजनालाई प्राथमिकतामा राखि गौरवका आयोजनाका रुपमा विकास गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्