विश्वकप क्वालिफायर खेल्ने राष्ट्रिय टोली घोषणा, को–को अटाए ?

टोलीमा अर्जुन साउद र किशोर महतो थपिएका छन् ।
आइतबार, जेठ १४, २०८०

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । 

क्यानले आज एसीसी प्रिमियर कप जितेको टोलीमा अर्जुन साउद र किशोर महतोलाई थपेर विश्वकप क्वालिफायर खेल्न १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

राष्ट्रिय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

सन्दीप जोरा, देव खनाल, सूर्य तामाङ, कमल सिंह ऐरी, अविनाश बोहरा र श्याम (मौसम) ढकाल भने राष्ट्रिय टोलीमा अटाएनन् ।

nepali_cricket team 2023_cnnepal1685289632.jpg

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्