महिला भलिबल

अन्तर्राष्ट्रिय काभा महिला भलिबलको उपाधि भारतलाई 

आइतबार, जेठ १४, २०८०

काठमाडौँ– भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । 

भारतले काजाकस्तानलाई पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–१८ ले विजयी भयो । उक्त प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रह्यो । 

आजै भएको तेस्रो स्थानको भीडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी भएको हो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौ स्थानमा रह्यो ।  

यही जेठ ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्