Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपतिको गजुरमा ओलीले सुन भनेर पित्तल राखेको कांग्रेसको आरोपप्रति एमालेको आपत्ति, संसद् अवरुद्ध

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ– पशुपतिनाथ मन्दिरको गजुरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन भनेर पित्तल राखेको भन्दै नेपाली कांग्रेसले आरोप लगाएकोप्रति नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरीलगायतले बैठकमा बोल्दै आपत्ति जनाएका हुन् ।

त्यसलाई एमाले अध्यक्ष ओलीलगायत सबै सांसदले उठेर साथ दिएका थिए । त्यसपछि संसद् बैठक अवरुद्ध भएको छ ।

कांग्रेसका सांसद लेखनाथ दाहाल केही दिनअघि संसद् बैठकमै ओलीले पशुपतिको गजुरमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 

अहिले सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नकोे जवाफ दिने कार्यक्रम थियो । संसद् अवरुद्ध भएपछि अहिलेलाई रोकिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्