सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी

बिहीबार, जेठ ११, २०८०

सिड्नी– सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको  छ ।

‘आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले’, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो ।  उक्त भवनमा लागेको आगो निभाउँन र नजिकैको आवासीय भवनहुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए ।

उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ । 

Sydney_ building blaze11685021407.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्