हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आजदेखि हुने

बिहीबार, जेठ ११, २०८०

काठमाडौं - लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आज विहीवारदेखि प्रशारण  हुने भएको छ ।

एभरेस्ट हेडलाइन्स डिजिटल (इएच डिजिटल) मा सार्वजनिक भएकाे टिजर कार्यक्रममार्फत  प्रसारण गर्ने मिति तय भएअनुरुप आज विहिवार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रशारण भए लगत्तै बेलुका ९ बजे इएच डिजिटलमा प्रशारण हुने बताइएकाे छ । 

काभ्रेपलाञ्चाेक जिल्लाकाे पाँचखालमा छायांकन भइरहेकाे सक्किगाेनिमा पुरानै कलाकारकाे बाहुल्यता रहेकाे छ भने केही नयाँ अनुहार देखिनेछन् । 

सिजन ३ काे रुपमा पर्दापण हुन लागेकाे सक्किगाेनि झण्डेै ४ महिनापछि नयाँ स्वरुपमा आउन लागेकाे हाे । 

सिजन २ पछि केही समयकाे विश्राम लिइ नयाँ जाेश जाँगर र कथा शैलीका साथ आउन लागेकाे हाे । दर्शककाे चाहना र स्वादलाई द‍ृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताकाे तस्तै उतारिएकाे बताइएकाे छ ।

 दर्शककाे बहुप्रतिक्षामा रहेकाे सक्किगाेनि मनाेरञ्जन दिने मात्र नभइ शिक्षा र अभिप्रेरणा दिने खालकाे हुने बताइएकाे छ । 

यसकाे टिजरमा कतार उड्‍न  लागेको एक पात्रलाई चित्रण गरिएको छ । जुन आँखा रसाउने खालकाे छ । कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेकाे यो सिरियलको तेस्रो सिजनलाई पनि १०० भागकै हाराहारीमा निर्माण हुने बताइएकाे छ । 

देशमा रोजगारी छैन, शिक्षा स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । मुलुकको पीडा, अभाव, नैराश्यताको बीचमा पनि मुस्कान लिएर आउँदैछौ भनेर कनेक्सन मात्र गर्न यस्ताे टिजर बनाएकाे निर्देशक कुमार कट्टेलले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्