नेभिगेशन
समाज विविध

आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने

काठमाडौँ - रोकिएको इण्डियन प्रिमियर लिग (आइपिएल) पुन: सुचारु गर्ने बारे भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आज निर्णय लिन सक्ने बताइएको छ ।  भारतीय मिडियाहरुका अनुसार आज बोर्डले आइपिएलका बाँकी खेल पुन: सुचारु गर्ने बारे छलफल गर्ने उल्लेख गरेका छन् ।

आइपिएलमा अझै १२ लिग खेल बाँकी छन् भने प्लेअफका चार खेल बाँकी छन् । यसअघि प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो ।

विहिबार राति पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपाची हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदाहुदै खेल रोकिएको थियो । यो खेल पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध १०.१ ओभर ब्याटिंग गरेपछि रोकिएको थियो । यो खेल रद्ध भएको वा पुन: खेलाइने बारे बोर्डले अहिलेसम्म कुनै निर्णय लिएको छैन ।     

बोर्डले एक साताका लागि स्थगित गरेको आइपिएल मे १५ देखि सुचारु हुनसक्ने क्रिकइन्फोले उल्लेख गरेको छ । प्रतियोगिता स्थगित भएपछि धेरै जसो विदेशी खेलाडी आफ्नो देश फर्किएको अवस्थामा उनीहरुलाई पुन भारत आउन केहि दिन समय दिएर आइपिएल सुचारु गर्ने तयारी गरिएको रिपोर्टमा उल्लेख छ । 

मिडिया रिपोर्टका अनुसार आइपिएलका बाँकी खेलहरु दक्षिण भारतका बैंगलुरु, चेन्नई र हैदरावादमा हुनसक्ने बताइएको छ । अहिले सात टिम प्लेअफको दौडमामा कायम छन् भने चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने