शिखर सन्तोषको संगीतमा मुरारी र अस्मिताको ‘हुट्टिट्याउँ’ सार्वजनिक [भिडियोसहित]

बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– शिखर सन्तोषको संगीत निर्देशनमा एउटा नयाँ युगलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आनन्द अधिकारीद्वारा रचना गरिएको ‘हुटिट्याउँ' बोलको गीतमा गायक मुरारी भट्टराई तथा गायिका अस्मिता अधिकारीको युगल स्वर सुन्न सकिन्छ । उदयराज पौडेलद्वारा संगीत संयोजन गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

उक्त गीतको आकर्षक म्युजिक भिडियो द कार्टुन्ज क्रूको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियोमा द कार्टुन्ज क्रूका कलाकारहरू आष्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्तिविक्रम शाही, एञ्जल राई, प्रणेश श्रेष्ठ, आदेश गहतराज, पूर्वी सेन आदिले अभिनय गरेका छन् ।

पवन सुस्लिङद्वारा छायांकन गरिएको भिडियोलाई सुरोज अधिकारीले सम्पादन गरेका छन् । सन्देश थापा तथा सबिना भण्डारीको कोरियोग्राफी रहेको यो भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्