नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध २२४ पेजको अभियोग पत्र [पूर्णपाठसहित]

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध अभियोग लगाउने भएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३० जनालाई मुद्दा चलाउने निर्णय गरिएको हो ।

प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सो व्यक्तिहरु विरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा चलाउने भएको हो ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो । यस प्रकरणमा प्रहरीले १४ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरी छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्