महिला भलिबल : कीर्गिस्तानले बङ्गलादेशलाई हरायो

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा भएको पहिलो खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । समूह ‘ए’ मा रहेका यी दुवै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् । यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् । 

आजको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–११ र तेस्रो तथा अन्तिम सेट २५–२० ले हरायो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्