Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ ।   

samridhi jewllers

सोमबार यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले पुरस्कृत गरिएको छ । 

राष्ट्रिय वाणिज्य बैंका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै आगामी दिनमा थप उचाइ प्राप्त गर्न शुभकामना दिए । 

‘पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलता अभूतपूर्व छ । अबको यात्रा झन् कठिन र सङ्घर्षपूर्ण छ, त्यस यात्रामा यहाँहरूले हिजोको भन्दा बढी मेहनत र कठिन परिश्रम गरेर फेरि पनि राष्ट्रको नाम उच्च बनाउन यही कार्यक्रमबाट शुभकाना व्यक्त गर्छौं,’ उनले भने ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकसँगको सहकार्य र खेलाडी सम्मानले हौसला प्राप्त गरेको बताए । 

‘राष्ट्रिय वाणिज्य बैंकले आफैँले सम्झेर खेलाडीहरूको हौसला बढाउने शुभकार्य थालनीका लागि सङ्घका तर्फबाट आभार प्रकट गर्छौं । यहाँहरूको साथले नेपालको क्रिकेटले थप उचाइ प्राप्त गर्नेछ,’ उनले भने । उनले खेलाडीसँगै खेलाडी छनोटकर्ता र प्रशिक्षकप्रति पनि आभार प्रकट गरे । 

राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेपाली टोलीलाई नगद राशिसहित सम्मान गर्ने घोषणा गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्