लुम्बिनी प्रदेशमा ३ मन्त्री थपिए

सोमबार, जेठ ८, २०८०

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार गरेका छन् ।

उनले आफ्नो पार्टी नेपाली कांग्रेस, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा)बाट एक–एक मन्त्री थपेका हुन् ।

मुख्यमन्त्री चौधरीले आफ्नै कांग्रेसका पार्टी राजु खनाललाई स्वास्थ्यमन्त्री, जनमतकाका चन्द्रकेश गुप्तालाई सामाजिक विकास तथा जसपाबाट भण्डारीलाल अहिरलाई कृषिमन्त्री बनाएका छन् ।

यस्तै दुईजना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

यसअघि मुख्यमन्त्रीसहित चारजना मन्त्री रहेकोमा तीन नयाँ मन्त्री थपेर मुख्यमन्त्री चौधरीले सरकार विस्तार गरेका हुन् ।

मन्त्रीहरूले आजै सपथ लिने कार्यक्रम छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्