अन्ततः बालकृष्णलाई भेट्न गइन् मञ्जु !

सोमबार, जेठ ८, २०८०

काठमाडौँ– गत वैशाख २७ मा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे ।

उनलाई टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राखियो । यद्यपि, उनलाई भेट्न कांग्रेस नेतृ तथा सांसद मञ्जु खाँण नगएकाले विभिन्न हल्ला फैलिए । पक्राउ पर्ने डरले मञ्जु अष्ट्रेलिया भागेको हल्ला फैलियो । केही दिनअघि संसद् बैठकमा देखिएपछि मञ्जु नभागेको पुष्टि भयो । 

उनै मञ्जुले आज श्रीमान् पक्राउ परेको १२ दिनपछि टेकु पुगेर बालकृष्णलाई भेटेको प्रहरी स्रोतले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्