नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप ३ दिन हिरातसमा राख्न अनुमति

आइतबार, जेठ ७, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति पाएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका उनीहरूलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

अदालतका अनुसार प्रहरीले ५ दिनको समय माग गरेपनि उनीहरूलाई थप ३ दिनमात्रै हिरातसमा राख्न अनुमति दिएको हो ।

पक्राउ परेका एमाले सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका सांसद तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका विभिन्न हिरासतमा रहेका छन् ।  प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । 

प्रहरीले अनुसन्धान बाँकी रहेको बताएपछि अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई थप ३ दिन समय दिएको हो ।

शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्