नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वसभासद शेर्पाविरुद्ध ५ जनाले दिए किटानी जाहेरी 

आइतबार, जेठ ७, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनाले किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै शेर्पाविरुद्ध दोलखाका ५ जनाले किटानी जाहेरी दिएका हुन् ।

शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।

उनी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । पक्राउ पुर्जी जारी भएपछि आङटावाले गत १ जेठमा प्रहरी कार्यालय पुगेर  पुगेर आत्मसमर्पण गरेका थिए । अहिले उनी हिरासतमै छन् ।

हालसम्म  शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार