नेभिगेशन
अर्थ विविध

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौ - नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ४९ पैसा र बिक्री दर १४३ रूपैयाँ १४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०१ पैसा र बिक्री दर १६४ रूपैयाँ ७५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २१ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३५ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९०रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध