भारतीय सीमावर्ती पोखरीमा एक युवकको शव फेला

शनिबार, जेठ ६, २०८०

महोत्तरी– महोत्तरीको भारतीय सीमावर्ती सम्सी–६ को पोखरीमा एक युवकको शव फेला परेको छ । 

प्रहरीका अनुसार सोही  बस्तीका रामदयाल महतोका २२ वर्षीय छोरा देवेन्द्र महतोको शव पोखरीमा फेला परेको हो । 

पोखरी डिलमा चिप्लिएर महतोको मृत्यु भएको प्रारम्भिक अनुमान गरिए पनि शव परीक्षण प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

शव परीक्षणका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्