चलचित्र पत्रकारिता पुरस्कार घिमिरेलाई

शनिबार, जेठ ६, २०८०

वाग्मती– राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । 

चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । घिमिरे तीन दशकदेखि चलचित्र पत्रकारिताको क्षेत्रमा सक्रिय छन् ।

यस्तै, सङ्घले पत्रकार पोष्टराज अधिकारीलाई पनि चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । उनी पनि दुई दशकदेखि चलचित्र पत्रकारिता  गर्दै आएका छन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ रहेको छ । 

यसैगरी, सोही समारोहमा चलचित्रकर्मी सम्मानबाट कलाकार सुलेमान शङ्कर ‘इकु’लाई सम्मानित गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको सो समारोहमा हेटौाडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले पुरस्कार प्रदान गरेका हुन् ।  

अनलाइन पत्रकारको कार्य समिति चयन 

अनलाइन मिडियाका सञ्चालकहरुको छाता सङ्गठन अनलाइन मिडिया एसोसिएसन नेपालको अध्यक्षमा धर्मेन्द्र दाहाललाई चयन गरिएको छ । हेटौँडामा सम्पन्न अनलाइन मिडिया सञ्चालकको भेलाले दाहालको संयोजोकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो । 

भेलाले समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम, उपाध्यक्षमा सुनिता विष्ट र रुपक कालिराज, महासचिवमा उज्ज्वल अधिकारी, सचिवमा मनोज देवकोटा र राजेश थापा तथा कोषाध्यक्षमा प्रवेश धिताललाई चयन गरेको । यस्तै सदस्यमा दीपेश दाहाल, गोविन्द तिमिल्सिना र भुपेन्द्र रानालाई चयन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्