चीनमा भीरबाट गाडी खस्यो, ११ जनाको मृत्यु

शुक्रबार, जेठ ५, २०८०

नानिङ– दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी सहरमा आज बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।  

स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ।

अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्