टर्कीको चुनावबारे इरानको प्रतिक्रिया– लोकतन्त्रको जित

बुधबार, जेठ ३, २०८०

तेहरान– इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार टर्कीको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई ‘लोकतन्त्रको विजयको सङ्केत’ भएको बताएका छन् ।

आइतबारको चुनावमा टकीका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गरेका हुन् ।

उनले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू र राजनीतिक दलहरूलाई मतदानको सफल आयोजना गरी लोकतान्त्रिक गतिविधिको सुदृण पार्दै ‘लोकतन्त्रको विजय’ गराएकोमा बधाइ दिएका छन् ।

टर्कीको पहिलो चरणको राष्ट्रपतिय र संसदीय चुनावमा मतदान गर्न लगभग ६ करोड मतदाताहरू दर्ता भएका छन्। विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम भोट हाल्न आह्वान गरिएको छ । झण्डै ८० प्रतिशत बढी  बतदान भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०५:५६
प्रतिक्रिया दिनुहोस्