नक्कली भूटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा शेर्पालाई २ दिन हिरासतमा राख्न अनुमति

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै हिजो सोमबार शेर्पा आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका थिए । यसअघि प्रहरीले शेर्पाको बारेमा अनुसन्धान गरिरहेको बेला आफैँ प्रहरीमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । उनीसहित अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्