रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीकाे  मुद्दाबारेको बहस सकिएको छ । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस आज सकिएको हो । 

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो ।

इजलासले आजै फैसला सुनाउन सक्ने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्