सरकारी वकिल कार्यालयमा साढे ५ घण्टा रायमाझीको बयान 

मंगलबार, जेठ २, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीले सरकारी वकिलको कार्यालयमा झण्डै ५ घण्टा लामो  बयान दिएका छन् ।

सोमबार अबेर रातिसम्ममा उनको बयान सकिएको थियो ।

रायमाझीको बयान दिउँसो ४ बजेदेखि सुरु भएर राति साढे ९ बजे सकिएको बताइएको छ ।

फरार रहेका निलम्बित सांसद रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्