मोबाइल नम्बर सार्वजनिक गर्दै मेयर बालेनले भने– कर्मचारीले घूस मागे भन्नु

सोमबार, जेठ १, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कुनै कर्मचारीले घूस मागे प्रमाणसहित उजुरी गर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमा आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्दै कुनै कर्मचारीले घूस मागे प्रमाणसहित उजुरी गर्न आग्रह गरेका हुन् ।  

घूस माग्ने कर्मचारीको विवरण पठाउने सबैको नाम गोप्य राखिने समेत बताएका छन्  । तर, उनले भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पहिले प्रमाणको रुपमा भिडियो (अडियो सहित) जुटाउनसमेत आग्रह गरेका छन् ।

मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं। हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारको पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नुहोला भिडियो (अडियो सहित) कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । हामीलाई मोबाइल नम्बर 9863592011 ह्वाट्सएपमा प्रमाणसहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ।’

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्