पूर्वगृहमन्त्री खाँणको आजको बयान सकियो

सोमबार, जेठ १, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजको बयान सकिएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा आजको बयान सकिएपछि उनलाई काठमाडौँ प्रहरी परिसर टेकु लगिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लान लागेको अभियोग लागेका पूर्वमन्त्री खाँण नेपाली कांग्रेसका नेता पनि हुन् ।

उनी पनि रकम लिएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको पाइएपछि प्रहरीले गत साता पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले ४ दिनको समय लिएर हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार