पूर्वमन्त्री खाँणको बयान सुरु

सोमबार, जेठ १, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान सुरु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बयानका लागि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पु¥याएको थियो ।

अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लान लागेको अभियोग लागेका पूर्वमन्त्री खाँण नेपाली कांग्रेसका नेता पनि हुन् ।

उनी पनि रकम लिएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको पाइएपछि प्रहरीले गत साता पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले ४ दिनको समय लिएर हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार