आजदेखि मेलम्चीको पानी वितरण रोकियो

सोमबार, जेठ १, २०८०

काठमाडौँ– मर्मतका लागि मेलम्चीको पानी आजदेखि गतेदेखि केही समय रोकिएको छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्