बार्सिलोनाले ४ खेलअघि नै जित्यो ला लिगाको उपाधि

सोमबार, जेठ १, २०८०

काठमाडौँ– बार्सिलोनाले चार खेल खेल्नुअघि नै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । 

गएराति क्याटलान प्रतिद्वन्द्वी स्पानियोललाई उसकै घरमा ४–२ ले हराउँदै बार्सिलोनाले चार खेल्नुअघि नै उपाधि जितेको हो ।

आरसिडिई रंगशालामा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की दुई तथा एलेजान्ड्रो ब्लेड र ज्युल्स कोन्डेले समान एक गोल गरेका थिए । स्पानियोलका जाभियर पुवाडो र जोसेलुले समान एक गोल गरेका थिए । 

गत सिजन अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीको बहिर्गमनपछि बार्सिलोना लयमा थिएन । यसर्थ, बार्सिलोनाले सन् २०१८–१९ सिजन पछि ला लिगाको उपाधि जितेको यो पहिलो पटक हो ।  क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि पनि बार्सिलोनाको यो पहिलो उपाधि हो ।

बार्सिलोनालाई उपाधि फर्काउन पोलिस स्ट्राइकर लेवान्डोस्कीको आगमन महत्वपूर्ण रह्यो ।

शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलमा ८५ अंक छ भने दोस्रो स्थानको रियल म्याड्रिडको समान खेलमा ७१ अंक छ । 

बार्सिलोनाले २७ औं पटक ला लिगा जित्न सफल भएको हो । बार्सिलोनाभन्दा बढी प्रमुख प्रतिद्वन्द्वी रियलले पर्याप्त बन्यो । रियलले सर्वाधिक ३४ पटक जितेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार