एमालेको स्थायी कमिटी बैठक बस्दै

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं – नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

शुक्रबार बस्ने भनिए पनि प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले आज बिहानका लागि बैठटक सारिएको थियो ।

बैठक अहिले ८ बजेपछि बस्ने बताइएको छ । 

अझै प्रतिवेदन पेश गर्ने र समूहगत छलफल गर्नै बाँकी रहेकाले आज बिहान स्थायी कमिटी बैठक बसेर दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ ।

शुक्रबारको बैठकमा दुईवटा भौगोलिक र दुईवटा गैरभौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने तयारी थियो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आज बागमती, गण्डकी, सम्पर्क समन्वय र उपत्यका विशेष कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसपछि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ । समूहगत छलफलका लागि आठ वटा समूह बनाइएको छ। समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निस्कर्षसहित सुझाव प्रस्तुत गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रदेश अध्यक्षहरूको सुझावका आधारमा आज बिहान बस्ने स्थायी कमिटी बैठकले पार्टीको भावी कार्ययोजनाको प्रस्ताव तयार पार्नेछ । सोही प्रस्ताव शनिबार दिउँसो पुनः केन्द्रीय कमिटी बैठकबाट पारित गरी बैठक सकिने छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्