दैलेखको आगलागीका घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगियो

बिहीबार, वैशाख २८, २०८०

काठमाडौँ– दैलेख जिल्लाको राकम इलाकामा भएको आगलागीको घटनामा परी घाइते भएका स्थानीयवासीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

नेपाल प्रहरी र स्थानीय व्यक्तिले उद्धार गरेपछि घाइतेलाई त्यहाँबाट उपचारका लागि हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

आगलागीमा परी घाइते भएकामध्ये आठ जनालाई दुईपटक गरी नेपालगञ्ज पुर्याइएको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्