आर्मीमाथि एपीएफको ३–०ले जित

बुधबार, वैशाख २७, २०८०

काठमाडौं –शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएको छ ।

खेलको ४१ औं मिनेटमा एपीएफका अर्मान्ड बेडोम, ५६ औं मिनेटमा हरी कार्की र कप्तान नविन लामाले खेलको ६२ औं मिनेटमा गोल गरे । 

पहिलो हाफदेखि नै फितलो देखिएको आर्मी डिफेन्सकै कारण एपीएफसँग पछि रह्यो । यो हारसँगै आर्मी १६ खेलमा ५ जित ६ हार र ५ बराबरीसहित २१ अंक बटुलेर तालिकाको सातौं स्थानमा झरेको छ ।

आर्मीलाई पछि पार्दै एपीएफ २२ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्