नेप्से परिसूचकमा सामान्य गिरावट

बुधबार, वैशाख २७, २०८०

काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।

उत्पादनमूलक उपसूचक सर्वाधिक ०.६ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सामान्य गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम ५९ करोडमा सीमित भएको छ । 

बुधबार नेप्सेमा १६ हजार १०० वटा कारोबारमा १९ लाख ४२ हजार ६२६ कित्ता सुचिकृत धितोपत्र कारोबार हुँदा ५८ करोड ९१ लाखको कारोबार भएको हो । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ३ करोड ५६ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ५४ लाख र शिवम् सिमेन्टको ३ करोड २९ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ८८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ११३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । बुधबार कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.२४ प्रतिशतले वृद्धि हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८७ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले वृद्धि भएको छ ।

यता ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८८ को मूल्य प्रतिकित्ता ७.२४ प्रतिशतले गिरावट हुँदा मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४७ प्रतिशत र जल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ५.३६ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेयर बजारमा २८ अंककाे गिरावट
बुधबार, वैशाख २७, २०८०

दोहोरो अंकले घट्यो सेयर बजार
बुधबार, वैशाख २७, २०८०