नागरिकता विधेयकमा छलफल थाल्नु अनावश्यक : सांसद पन्त

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–एमालेका सांसद रघुजी पन्तले निष्क्रिय भएको नागरिकता विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट छलफल थाल्नु अनावश्यक्त भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले निष्क्रिय भएको नागरिकता विधेयकमा राष्ट्रपतिले छलफल अगाडि बढाउनु क्षेत्राधिकार भन्दा बाहिरको विषय भएको टिप्पणी गरे ।

धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपतिले झिकेर जारी गर्न मिल्छ कि मिल्दैन प्रश्न गर्दै उनले छलफल गर्न संविधानको स्पिरिटले दिन्छ प्रश्न गरे ।

सांसद पन्तले नागरिकता विधेयक संसदमा छलफलका लागि ल्याउन र प्रतिनिधिसभाको अधिकार नखोस्न राष्ट्रपतिलाई आग्रह गरे ।

‘राष्ट्रपतिले प्रतिनिधिसभाको यो अधिकार नखोसियोस् । विधेयक जारी गर्ने, छलफल गर्ने, त्यसलाई कानुन बनाउन प्रारम्भिक काम गर्ने दायित्व हाम्रो हो । यो अधिकारको सुरक्षा होस्’, उनले भने ।  

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्