पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले किन पक्राउ पुर्जी जारी नगरी समात्यो ?

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल प्रहरीले पक्राउ पुर्जी जारी नगरी समातेको थियो । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीजस्तै उनी पनि भाग्ने डर भएकाले यसो गरिएको प्रहरी स्रोतले जनाएको छ ।

कानुततः अदालतबाट पक्राउ पुर्जी जारीपूर्व नै प्रहरीले कसैलाई नियन्त्रणमा लिनसक्छ । यदि जररुी लाग्यो भने पक्राउ पुर्जी आवश्यक पर्दैन ।

यो प्रकरणमा यसअघि प्रहरीले नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई बोलाएर कागज गरी छाडेको थियो । यसर्थ, उनी भाग्नसक्ने सम्भावना पनि उत्तिकै थियो । यसर्थ, प्रहरीले गुपचुप पक्राउ गरेको बताइएको छ । 

यद्यपि, प्रहरीले खाँणलाई नियन्त्रणमा लिनअघि भने पक्राउ पुर्जी थमाएको थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आजै पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । 

उनलाई आज बिहान उनकै निवास मैजुबहालबाट पक्राउ गरेर टेकु लगिएको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्