पूर्वगृहमन्त्री खाँणलाई टेकुमा राखियो

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । 

उनलाई आज बिहान उनकै निवास मैजुबहालबाट पक्राउ गरेर टेकु लगिएको हो । 

नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका पठाउने गिरोहलाई साथ दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् । वैशाख १३ गते सानु भण्डारीसँग लिएको अडियो रेकर्डमा उनले खाँणको नाम लिएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्