शरणार्थी प्रकरणबारे रवि लामिछानेको चेतावनी–

'ठूला नेता र तिनका सन्तानकाे जगजाहेर  ताण्डवलाई त्यसै छोडियोे भने रास्वपा हेरेर बस्दैन' 

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा (एमाले)का सचिव नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई शीर्ष नेताहरूकै मिलेमतोमा फरार गराइएको आरोप लगाएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत अनुसन्धानको लहरोले ठूला नेता र तिनका  सन्तानको ‘जगजाहेर  ताण्डव’लाई त्यसै छोड्यो भने आफ्नो पार्टी रास्वपा हेरेरमात्रै नबस्ने चेतावनी दिएका छन् ।

‘शीर्ष नेताहरूको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कविहीन, नाम आएकाहरूमाथिको अनुसन्धान फितलो !,’ उनले फेसबुकमा लेखेका छन्, ‘खबरदार ! अनुसन्धानको लहरोले ठूला नेता र तिनका  सन्तानको “जगजाहेर  ताण्डव“लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भूल नगर्नु होला ।’

सांसदसमेत रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कारबाहीमा आलटाल गरेको आरोपसमेत लगाएका छन् ।

‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !,’ उनले भनेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार