नागार्जुनको एक रेष्टुरेष्टमा आगलागी

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– नागार्जुनको एक रेष्टुराँमा गएराति आगलागी भएको छ । राति १०ः०० बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । 

नागार्जुन नगरपालिका–४ स्थित सरलपुरको मिन्ट लिफ रेष्टुराँमा आगलागी भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक देवीदत्त मोतेले जानकारी दिए ।

उनका अनुसार दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । प्रहरीका अनुसार राति ११ः०० बजेसम्म आगो पूर्णनियन्त्रणमा आइसकेको थियाे । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्