पैसाको प्रलोभन देखाई मकैबारीमा लगेर किशोरी बलात्कार

सोमबार, वैशाख २५, २०८०

मोरङ– पैसाको प्रलोभन देखाई मकैबारीमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेत रहेका छन् । बस्नेतलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार