सहिद स्मारक ‘ए’ डिभिजन लिग

खुमलटारमाथि फ्रेन्ड्सको सहज जीत, मनाङ र पुलिस बराबरी 

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जीत निकालेको छ । 

सोमबार ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र स्रोह्रौं मिनेटमा गोल गरे भने सन्तोष खत्रीले ७८ औं मिनेटमा गोल गरे । खुमलटारका लागि मिसुकेले ६७ मिनेटमा सान्त्वना गोल फर्काए ।  

फ्रेन्ड्स १६ खेलबाट १९ अंक सहित तालिकाको ९ औं स्थानमा रहेको छ भने खुमलटार १६ खेलमा १७ अंक सहित तालिकाको १३ औं स्थानमा झरेको छ ।

त्यस्तै, सोमबार नै एन्फा कम्लेक्स सातदोबाटोमा  भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका छन् । 

मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए । पुलिसका लागि अहमद हिजाजीले १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए । 

मनाङ १६ खेलबाट २० अंक सहित सातौ स्थानमा छ । पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा कायमै रहेको छ ।

अंक तलिका

A_division_leauge_baisajha251683548149.jpg

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्