सहिद स्मारक ए डिभिजन लिग

मछिन्द्रसँग एपीएफ पराजित, आर्मी र संकटाले बराबरीमा अंक बाँडे

आइतबार, वैशाख २४, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले एपीएफलाई पराजित गरेको छ ।

आइतबार त्रिपुरेश्वस्थीत दशरथ रंगशालामा खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

खेलमा अग्रता एपीएफले ३६ औं मिनेटमा अर्मान्ड बिडोमको गोलमा लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यस्तै, दोश्रो हाफको अतिरिक्त समयमा ओलावाले अफिजले गोल गरेपछि मछिन्द्र बिजयी भयो । जितसँगै मछिन्द्रले १५ खेलबाट २४ अंक जोडेको छ । एपीएफको १९ अंक रहेको छ ।

त्यस्तै, आइतबार नै आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीले पुछारको टिम संकटासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

खेलको १८ औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो । खेलको इन्जुरी समयमा संकटाका फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए । 

बराबरीसंगै संकटाले १५ खेलबाट १७ अंक जोडेको छ । आर्मीले समान खेलबाट २१ अंक जोडेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्