नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा म संलग्न छैन, चरित्र हत्या नगरौंः खतिवडा

आइतबार, वैशाख २४, २०८०

काठमाडौँ– नेपाली काँग्रेसका नेता तथा ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रामहरि खतिवडाले नक्कली शरणार्थी प्रकरणमा आफू संलग्न नभएको बताएका छन् ।

सो प्रकरणमा नेपाली काँग्रेसका नेताहरु बालकृष्ण खाँड, उनकी श्रीमती मञ्जु खाँड, सभापति शेरबहादुर देउवाकी श्रीमती डा. आरजु राणासँगै खतिवडाको नाम पनि जोडिएपछि उनले आफू संलग्न नभएको स्पष्टिकरण दिएका हुन् ।

सो प्रकरणमा आफू संलग्न रहेको प्रमाण कसैसँग भए आफू सजाय भोग्न तयार पनि रहेको उनको भनाइ छ । 

‘नक्कली शरणार्थी प्रकरणमा मेरो नाम पनि जोडेर सामाजिक सञ्जाल तथा केही मिडियामा समाचार आएको पाएँ । सो प्रकरणमा म संलग्न छैन । म संलग्न भएको प्रमाण भए सजाय भोग्न म तयार छु । तर, चरित्र हत्या गर्ने नियतले भएका गतिविधिप्रति मेरो आपत्ति छ,’ नेता खतिवडाले सिएन नेपालसँग भने ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्