नेभिगेशन
समाज विविध

१ करोड २० लाख रुपैयाँ नतिर्दा प्रादेशिक अस्पताल जनकपुरको लाइन काटियो

जनकपुरधाम–विद्युत महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरणले प्रादेशिक अस्पताल जनकपुरधामको विद्युत लाइन काटेको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले विद्युत महसुलवापतको १ करोड २० लाख रुपैयाँ नतिरेको जनाउँदै आइतबार अस्पतालको लाइन  काटेको हो ।

पटक पटक लिखित र मौखिक ताकेता गर्दा पनि महसुल नतिर्दा लाइन काटिएको प्राधिकरणका वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले जानकारी दिए ।

प्रादेशिक अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । अस्पतालसँग मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतले पनि विद्युत महसुल तिर्न बाँकी छ ।

लाइन काटिँदा  अस्पतालका उपकरण नचल्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । अस्पतालले कहिलेसम्म महसुल तिर्ने लिखित प्रतिवद्धता जनाए लाइन जोड्न सकिने वितरण केन्द्र प्रमुख मल्लिकले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध