शरणार्थी प्रकरणमा सरकार झुक्न हुन्न : अध्यक्ष नेपाल

आइतबार, वैशाख २४, २०८०

काठमाडौं –नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी काण्डमा बदमासी गर्ने जोसुकै भए पनि दण्डित हुनै पर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीहरूसँग कुा गर्दै अध्यक्ष नेपालले यस प्रकरणमा दोषीलाई उम्कन कुनै छुट नभएको बताए । ‘बदमासी गर्ने जोसुकै ठूला ओहदाका भएपनि छुट्न भएन,’उनले भने ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नलाई बचाउने दबाबअघि झुक्न नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटलाई लक्षित गर्दै उनले भने, ‘यस प्रकरणमासंलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृहमन्त्रीलाई समेत दबाब आएको होला । तर दबाबसामु झुक्नु हुँदैन भन्ने आम सबैको मान्यता छ । बदमासी गर्ने जोसुकै हुन, जस्तोसुकै ओहदाको भएपनि उनीहरूलाई कानूनको दायरामा ल्याए दण्डित गरिनु पर्छ ।’

नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नडगमगाइकन कारबाही अघि बढाउनुपर्ने धारणा राखे । उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’

यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए । आफूले बदमासी गरेको छैन, आफूले घुस खाएको छैन, आफूले भ्रष्टाचार गरेको छैन । त्यसकारण न बिराउनु न डराउनु ।’

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्