नागरिकता विधेयकका विषयमा राष्ट्रपति परामर्शमा

आइतबार, वैशाख २४, २०८०

काठमाडौं – नागरिकता विधेयकका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरुसँग छलफल गर्दैछन् । आइतबार दिउँसो उनले नागरिकता विधेयकका सम्बन्धमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । 

अघिल्लो सरकारको पालामा सदनबाट पास भएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।  सरकारले यो विधेयक अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए । लगत्तै राष्ट्रपतिले कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्