नेभिगेशन
समाज विविध

भारतीय सहयोग बन्ने गुम्बाकोे शिलान्यास

सोलुखुम्बु –बुद्ध जयन्तीका दिन शुक्रबार सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ खिरौमा गुम्बाको शिलान्यास गरिएको छ । नेपालका लागि भारतीय राजदूत नबीन श्रीवास्तवले गुम्बाको शिलान्यास गरे ।

भारतको लगानीमा महाकुलुङमा ङोन्गा देक्छोन छोलिङ मेडिटेसन सेन्टर (गुम्बा) निर्माण सुरु भएको छ । करिब ४ करोड रुपयाँको लागतमा एक वर्षभित्र निर्माण सक्नेगरी ठेक्का लागेको गुम्बाका लागि अपुग रकम गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए ।  

कार्यक्रममा गाउँपालिकाले वडा नम्बर १ मा एउटा, २ मा एउटा र ५ मा एउटा विद्यालय भवन निर्माण गरिदिन राजदूतसमक्ष आग्रह गरेको छ । 

त्यस्तै वडा नम्बर ३ मा स्वास्थ्य चौकी भवन, ४ मा अस्पताल भवन र २ मा प्रथामिक अस्पतालको कर्मचारी आवास गृह निर्माण गरिदिन आग्रह गरेको गाउँपालिका अध्यक्ष कुलुङले बताए । राजदूत श्रीवास्तव हेलिकोप्टरमार्फत् शुक्रबार नै लुक्ला पुगेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध