नेभिगेशन
समाज विविध

ढिस्कोले पुरिएर ४ कामदारको मृत्यु

इलाम –घरको चर खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सूर्याेदय नगरपालिकामा ४ जनाको मृत्यु भएको छ ।
सूर्याेदय १०, फिक्कलका विनोद श्रेष्ठको घर बनाउनेक्रमा चारै भारतीय कामदारको मृत्यु भएको घटनास्थलमै रहेका प्रहरी इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए ।

भारतको बिहार राज्यस्थित किसनगन्जका तोसिब आलम, अजिमोदिन, मुजाफर आलम र अब्दुुल आलमको मृत्यु भएको इन्स्पेक्टर राईले बताए । उनका अनुसार मृत्यु हुने चारै कामदार अन्दाजी १८ देखि २० वर्ष उमेरका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध