नेप्से परिसूचकमा १२ अंकको सुधार

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं -धितोपत्र बजार मापक नेप्से परिसूचक पाँचौँ कारोबार दिनमा १२.७३ अंकले बढेको छ । बिहीबार कारोबार रकममा वृद्धि भएको छ ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.६९ प्रतिशतले वृद्धि भएको हो । कारोबार रकम ११ करोड २४ करोड रुपैयाँले बढेको हो ।

बुधबार ६२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार २७६ धितोपत्रको २५ लाख ३३ हजार ७१४ कित्ता ७३ करोड २६ लाख रुपैयाँमा खरिदबिक्री भएको हो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ ।

दुई ऋणपत्रको मूल्य सर्वाधिक घटेको छ । मूल्य घट्नेमा एनएमबि डिबेन्चेर ८.५० प्रतिशत–२०८७÷०८८ र १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ रहेका छन् ।

एनआईबीएल ग्रोथ फन्डको इकाइ मूल्य र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नबिल बैंकको प्रमोटर सेयर सबैभन्दा बढीको खरिदबिक्री भएको छ । यो बैंकको चार करोड ५० लाख रुपैयाँको प्रमोटर सेयर खरिद–बिक्री भएको छ ।

शिवम् सिमेन्टको दुई करोड २१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

नेप्सेमा सूचीकृत ‘ए’ क्याटागोरीमा रहेका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.५८ प्रशितले वृद्धि भएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेयर बजारमा २८ अंककाे गिरावट
बिहीबार, वैशाख २१, २०८०

दोहोरो अंकले घट्यो सेयर बजार
बिहीबार, वैशाख २१, २०८०