चीनमा कारखाना विस्फोट : ९ जनाको मृत्यु

बिहीबार, वैशाख २१, २०८०

बेइजिङ– चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । 

घटनामा परी एकजना घाइते भएका र अर्का एक अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ । 

चीनको पूर्वी सान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रारम्भिक रिपोर्टमा घटनामा पाँच जनाको मृत्यु भएको बताइए पनि पछि थप चार जनाको शव फेला परेको सिन्ह्वाले जनाएको छ ।

उद्धार कार्य जारी छ र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।

एकजना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ । हराइरहेका एक व्यक्तिको खोजी जारी छ । 

यो प्लान्ट चीनको सरकारी स्वामित्वको समूह सिनोकेमको एक भाग लुक्सी केमिकल ग्रुपले सञ्चालन गर्दै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०५:५३
प्रतिक्रिया दिनुहोस्