लगातार पाँचौं दिन ओरालो लाग्यो सेयर बजार

बुधबार, वैशाख २०, २०८०

काठमाडौं– नेप्से परिसूचक बुधबार पनि लगातार पाँचौं दिन ओरालो लागेको छ । नेप्से बुधबार ९.१८ अंकले घटेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन ६२ करोड दुई लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन २६५ धितोपत्रको २१ लाख ५५ हजार ५८८ कित्ता खरिद–बिक्री भएको देखिएको छ ।

शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैपाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको दुई करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक १.४८ प्रतिशतले घटेको छ ।

म्युचुअल फण्ड समूहको परिसूचक ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेयर बजारमा २८ अंककाे गिरावट
बुधबार, वैशाख २०, २०८०

दोहोरो अंकले घट्यो सेयर बजार
बुधबार, वैशाख २०, २०८०